बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्ने

  • 40
  •  
  •  
  •  
  •  
  •  
  •  
    40
    Shares

काठमडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

ग्रहणले आइतबार राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो मा उल्लेख छ । राति ११बजेर ५६ मिनेटमा चन्द्रग्रहणको मध्य हुनेछ । राति १बजेर ४१ मिनटमा ग्रहण सकिने समितिले जनाएको छ ।

नेपाल, भारतसहित एसियाका धेरै देशबाट यस ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ ।

ज्योतिषशास्त्रअनुसार ग्रहणले विभिन्न राशिमा फरक प्रभाव पार्नेछ। मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशि भएकाहरूले यो ग्रहण हेर्नु नहुने जनाइएको छ । अन्य राशीले भने ग्रहण हेर्न सक्नेछन् ।

०८२ सालको यो पहिलो ग्रहण हो ।

आउँदो फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।

ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको छ ।

शास्त्रीय मान्यताअनुसार, आइतबार दिउँसो १ बजेर ११ मिनेटपछि बाल, वृद्ध र आतुरबाहेकले भोजन गर्नु हुँदैन । ग्रहणको समयमा खानपिन, सुत्ने, र अन्य केही कार्यहरू निषेध गरिएको छ, तर वैज्ञानिक दृष्टिकोणले ग्रहण हानिरहित रहेको बताइएको छ ।

चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x