नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा

काठमाडौं । नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा टुङ्गिएको छ ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शनिबार भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो ।
नेपाल र बङ्गलादेशबीच अर्को मैत्रीपूर्ण खेल आगामी मङ्गलवार हुनेछ ।
विजेता टोलीले ट्रफी र पदक प्राप्त गर्नेछ ।
खेलको टिकट दर सामान्य पारापिटका लागि पाँच सय र भीआईपी पारापिटका लागि एक हजार रुपैयाँ तोकिएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE