बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

यस वर्ष दशैँका लागि अग्रिम टिकट बुकिङ नखुल्ने

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं । यस वर्षको दशैं, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । मंगलवार काठमाडौंको मिन भवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको संवद्ध सबै पक्षको बैठकले यात्रुहरु जाने क्रम शुरु भईसकेकाले दशैंका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेका हुन् ।

जेनजीको आन्दोलन पछि विश्वविद्यालय, कलेजहरु विदा हुने र उनीहरुको घर जाने क्रम शुरु भईसकेकाले यस वर्ष दशैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । उनले दशैंका लागि घर जानेहरुले ३—४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

अध्यक्ष स्वाँरले भने, ‘अब यो दशैंका लागि भनेर टिकटको खोल्नुपर्ने अवस्था हामीले देखेनौ । किनभने अहिले नै जस्तो युनिर्भसिटी अहिले नै विदा भईसके । त्यो भएको हुनाले अब रहेका विद्यार्थीहरु लगायतका पब्लिक करिव ५० हजार मानिसहरु गोंगवु बसपार्कबाट मात्रै बाहिर गएको हामीसँग डाटा छ ।

त्यो हुनाले अव अग्रिम बुकिङ आवश्यक छैन । दशैंका लागि विशेष बुकिङ हुँदैन । ३—४ दिन अघि नै टिकट दिने निर्णय गरेका छौं । अव टिकट पाइदैने भनेर भिड गरेर जानुपर्ने अवस्था छैन । जानु भन्दा २÷४ दिन अगाडि गएर टिकट लिएर अगाडि बढने काम गरौं । सडक कतिपय ठाउँमा विग्रका छन । सडक विभाग लगायतको निकाय बसेर हामीले सडकलाई सहज बनाएर जाने र बढि भन्दा बढि गाडी उपत्यकामा उपलब्ध गराएर र त्यतिले पनि पुगेन भने काठमाडौंको लोकल गाडीलाई पनि म्यानेज गरेर पठाउँछौं ।’

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुहरुको सहज ढंगले गन्तव्यमा पु¥याउने गरी संवद्ध सबै पक्षसँग छलफल गरिएको बताए । उनले यात्रुहरुको सहज रुपमा गन्तव्यमा पु¥याउने कुरामा कुनै कमी हुन नदिने पनि बताए ।

महानिर्देशक पोखरेलले भने, ‘हामीले चाडबाड केन्द्रिय यातायात व्यवस्थापनका लागि यातायात व्यवसायी महासंघ, प्रहरी, सडक विभाग, यातायात मजदुर महासंघका साथीहरु सबै बसेर अव हामी कसरी सञ्चालन गर्ने, कसरी काठमाडौं उपत्यका छोडेर बाहिर जाने र बाहिरबाट काठमाडौं आउने यात्रुहरुलाई सहज रुपमा कसरी व्यवस्थापन गर्ने, कसरी सेवा दिने, सडक सुशासन कायम गर्ने रु भन्ने विषयमा छलफल गरेका हौ । त्यसमा हामीले विभिन्न कुराहरु छलफल गरेका छौं । त्यसको निर्णय गर्छौ । र तुरुन्तै कार्यान्वयनमा लैजान्छौं । यसलाई सहजीकरण गर्छौँ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x