बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आगजनीले खण्डहर प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको फोहोर तत्काल हटाउन ऊर्जामन्त्रीको निर्देशन

  • 53
  •  
  •  
  •  
  •  
  •  
  •  
    53
    Shares

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले जेन जी प्रर्दशनकारीहरुले आगजनीबाट खण्डहर बनेको प्रधानमन्त्री कार्यालयको फोहोर तत्काल हटाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मंगलवार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको क्षतिग्रस्त संरचनाहरुको अवलोकन गर्ने क्रममा उनले मातहतका निकायलाई तत्काल त्यहाँको फोहोर व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलसहित अवलोकनमा पुगेका मन्त्री घिसिङले फोहोर सफा गर्ने र काम लाग्ने कोठाहरु रङ रोगन गरी सञ्चालनमा ल्याउने व्यवस्था तत्काल मिलाउन पनि सचेत गराए । उनले त्यहाँ जलेर काम नलाग्ने अवस्थामा पुगेका सवारी साधनहरु पनि उचित ठाउँमा व्यवस्थापन गर्न ढिलाई नगर्न भनेका थिए ।

मन्त्री घिसिङले भने, ‘यो फोहोर जति सबै सफा गरेर फालिदिउँ । जहाँ जहाँ काम हुँदैन, त्यहाँ छोपीदिउँ । यिनी रङ रोगन गरेर चलाई दिउ । यसलाई उठाएर लैजाने काम गरौं ।’त्यस क्रममा मन्त्री घिसिङलाई शहरी विकास मन्त्रालयका सचिव सिग्देल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव शर्माले सिंहदरबार भित्रको फोहोर व्यवस्थापनको काम शुरु गरिएको र छिट्टै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x