जेन–जी आन्दोलनमा मृत्यु भएकाको शोकमा दीप प्रज्वलन

काठमाडौं । जेन–जी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा बधवार अपरान्ह दीप प्रज्वलन गरिएको छ ।
बुधवार काठमाडौंको माइतीघर मण्डलामा भेला भएर मृतकका परिवार तथा जेन–जीहरुले देशभरका शहीदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् । मृतकप्रति श्रदाञ्जली दिँदै परिवाजनप्रति गहिरो समवेदना समेत व्यक्त गरे ।
उनीहरुले देशमा आफूहरुको योगदानले राजनीतिक स्थिरता, शान्ति र समृद्धि हुने विश्वास समेत व्यक्त गरे । गत भदौ २३ र २४ गते भएको भ्रष्टाचारविरोधी जेन–जीको आन्दोलनको क्रममा देशभर ७४ जनाको मृत्यु भएको थियो । सयौं घाइते भएका थिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE