शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

राप्रपाले भन्योः राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै राजनीति शक्तिहरुबीच नयाँ समझदारी कायम गरेर अघि बढ्न प्रश्ताव गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देशमा फेरि कसैले कहिल्यै द्वन्द्व गर्न नपाउने गरी र कसैले पनि आफूलाई उपेक्षित गर्न नपाउने नयाँ समझदारी कायम हुनुपर्ने माग राखे । उनले देशमा यति ठूलो समस्या हुँदा संसदले समाधान गर्न नसक्नुले नै संसद असफल भएको पुष्टि हुने जिकिर गरे ।

संसद पुनः स्थापना गर्नु भनेको देशलाई फेरि द्वन्द्वमा धकेल्नु रहेको बताए । अहिलेको जेन जी विद्रोहले ल्याएको सबैभन्दा ठूलो परिवर्तन पुस्तान्तरण भएको बताए । राप्रपाले अन्तरिम सरकारले लिने निर्णय र चाल्ने कदमका आधारमा शतर्कतापूर्वक आफ्नो दृष्टिकोण तय गर्दै जाने बताएको छ ।

राप्रपाले भ्रष्टाचारी र जेनजी आन्दोलनका नरसंहारकर्तालाई कारबाही हुनुपर्ने माग गरेको छ । सरकार मात्रै परिवर्तन गरेर जेन जीको बलिदान सफल र पूर्ण नहुने स्पष्ट पारेको छ । उनले भने, ‘यो सरकारले सबै राजनीति शक्तिहरुका बीचमा एउटा नयाँ समझदारी कायम गरेर देशमा फेरि कसैले कहिल्यै द्वन्द्व गर्न नपाउने गरी र कसैले पनि आफूलाई उपेक्षित गर्न नपाउने नयाँ समझदारी बनाउनैपर्दछ ।

त्यो नै मुलुकको विकास हो । राष्ट्रिय प्रजातन्त्र पार्टी त्यो पहिलो पार्टी हो, जसले यो संविधानले काम गरेन, यो संविधानले यो देशको समस्या समाधान गर्न सक्दैन, यो संसदको पनि औचित्य समाप्त भयो । किनभने देशमा यति ठूलो समस्या आउँदा संसदले निकास दिन सकेन ।

संसद देश बर्बादीको साक्षी मात्रै बन्न थाल्यो, यसको औचित्य छैन भनेर राजीनामा दिएको राप्रपाले यही संसद पुनः स्थापनको परिकल्पना गर्दैन । संसद पुनः स्थापना गर्नु भनेको देशलाई फेरि द्वन्द्वमा धकेल्नु हो । अहिलेको जेन जी विद्रोहले ल्याएको सबैभन्दा ठूलो परिवर्तन भनेको पुस्तान्तरण हो । नेपालको राजनीतिमा साढे तीन दशकदेखि नेतृत्व गर्दै आएको जबरजस्त पुस्तालाई जबरजस्त विस्थापन गरेको छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x