बुधबार, कार्तिक ६, २०८२
Wednesday, October 22, 2025

माओवादी केन्द्र फरक धातुले बनेका मान्छेहरूको पार्टी : प्रचण्ड

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) फरक धातुले बनेका मान्छेहरूको पार्टी भएको बताएका छन् । संविधान दिवसको अवसरमा शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले बीचमा थुप्रै कमी कमजोरी गरेको भए पनि आत्म समीक्षा गरेको र माओवादी केन्द्र फरक चिज भएको बताए । उनले माओवादीलाई अरू जस्तै हो भनेर साम्राज्यवादी र प्रतिक्रियावादीले भाष्य बनाउन खोजेको भए पनि त्यो सत्य नभएको जिकिर गरे ।

उनले जनभावना कसरी सम्बोधन गर्ने भन्नेमा नेतृत्व सजग रहेको बताउँदै जस्तोसुकै क्रमभङ्ग गर्न पनि नेतृत्व तयार रहेको जिकिर गरे । साथै, अहिले भएका क्षति र घटनाक्रमबाट शिक्षा लिएर आउने दिनमा अझ राम्रो बनाउने गोरेटो कोर्न सकिने बताए । उनले कोही पनि निराश हुनुपर्ने जरुरी नरहेको भन्दै उच्च मनोबलका साथ क्षतिग्रस्त संरचनाको पुनः निर्माण गर्न लाग्न आह्वान गरे ।

अध्यक्ष दाहालले भने, ‘अहिले भएका क्षति र घटनाक्रमबाट शिक्षा लिएर आउने दिनमा अझ राम्रो बनाउने गोरेटो कोर्न सक्छौँ । हामी कोही निराश हुन जरुरी छैन । हामी उच्च मनोबलका साथ क्षतिग्रस्त संरचनाको पुनः निर्माण पनि गर्ने, संविधानमार्फत स्थायित्व र विकासका निम्ति नयाँ संशोधनको तयारी पनि गर्ने र निर्वाचनको वातावरण बनाउन मेहनत पनि गर्ने आवश्यकता यति बेलाको हामी सबैको आवश्यकता हो । कम्तीमा पनि इतिहासको, वर्तमानको पनि समीक्षा गरेर हेर्न र माओवादी केन्द्र बीचमा थुप्रै कमी कमजोरी भएका छन् भनेर आत्म समीक्षा गरेका छौँ । माओवादी केन्द्र फरक चिज हो, यो फरक धातुले बनेका मान्छेहरूको पार्टी हो । अरू जस्तै हो भनेर जो भाष्य साम्राज्यवादी र प्रतिक्रियावादीले बनाउन खोजेका छन्, त्यो होइन । त्यो होइन भनेर हामी सबैले उद्घोष गर्न सक्नुपर्छ । बाँकी के गरी सम्बोधन गर्ने जनभावना भन्ने कुरा नेतृत्व तपाईँ हामीलाई थाहा छ, निरन्तरतामा क्रमभंगता भन्ने गरिएको छ । फेरि पनि जस्तोसुकै क्रमभङ्ग गर्न पनि नेतृत्व तयार रहन्छ ।’

अध्यक्ष दाहालले संविधानमार्फत स्थायित्व र विकासका निम्ति नयाँ संशोधनको तयारी गर्ने र निर्वाचनको वातावरण बनाउन मेहनत गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x