काठमाडौं महानगरले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ ।
गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुमगन आगामी सातादेखि गर्ने तयारी रहेको महानगरपालिकाले जानकारी दिएको छ ।
हिन्दुहरूको महान् पर्व बडादसैँ नजिकै आइसकेको अवस्था भएपनि आन्दोलनका कारण बजार व्यवस्थापनका लागि अनुगमन हुन सकेको थिएन । तर, अवस्था सामान्य हुदै गएकाले आगामी सातादेखि अनुगमन गर्ने तयारी गरिएको जनाइएको छ ।
बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा महानगरले अनुगमन गर्ने गरेको छ ।
अनुगमन टोलीले प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार, खाद्य संस्थान सुपथ बिक्री कक्षलगायतको अनुगमन गर्ने महानगरले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE