शनिबार, कार्तिक ९, २०८२
Saturday, October 25, 2025

गत २४ गते भएको आगजनी र तोडफोडबाट देशभरका विभिन्न क्षेत्रका ६ सय २९ भवन पूर्णरूपमा क्षति

काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६ सय २९ भवन पूर्णरूपमा क्षति भएको छ । आन्दोलनका क्रममा एक हजार पाँच सय ६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ ।नेपाल प्रहरीका मात्रै एक सय ७७ वटा भवन पूर्णरूपमा क्षति भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका दुई सय ५८ वटा भवनमा आंशिक क्षति भएको छ । तोडफोड र आगजनीबाट तीन सय १० वटा सरकारी कार्यालय पूर्णरूपमा ध्वस्त भएको छ ।

प्रारम्भिक विवरणमा कूल आठ सय ३६ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ ।

यस्तै ९७ वटा व्यापारिक तथा निजी भवन पूर्णरूपमा क्षति भएको र दुई सय ९२ वटा व्यापारिक तथा निजी भवनमा आंशिक रुपमा क्षति पुगेको छ ।

यस्तै विभिन्न राजनीतिक दलका ४५ वटा पार्टी कार्यालय पूर्ण क्षति भएको छ भने एक सय ७४ वटा कार्यालयमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।

मूल्याङ्कन भने अझै भइनसकेको र क्षतिको विवरण सङ्कलनको काम भैरहेको जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x