शुक्रबार, कार्तिक ८, २०८२
Friday, October 24, 2025

हाल मनसुनी वायुको प्रभाव केही कमजोर, दुई प्रदेशमा हल्कादेखि मध्यम वर्षा

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ ।

कोशी र गण्डकी प्रदेश एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थानहरूमा बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशकोको पहाडी भूभागको थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक, दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x