छठपछि आन्दोलन गर्नुअघि आजपाले गर्यो प्रदेशको नेतृत्व हेरफेर

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले प्रदेशको नेतृत्व हेरफेर गर्दै व्यवस्था परिवर्तनका लागि जनदवाव सहित निर्वाचनमा सहभागि हुने निर्णय गरेको छ । काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा भवनमा असोज ४ मा केन्द्रीय कमिटी र ५ असोजमा बसेको पदाधिकारी बैठकले गरेको निर्णय सोमबार सार्वजनिक गर्दै आजपा प्रवक्ता चन्द्रभुषण साहले प्रदेशको नेतृत्व हेरफेर सहित व्यवस्था परिवर्तका लागि जनदवाद सहित निर्वाचनमा सहभागि हुने जनाएका छन् ।
बैठकले प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज एवं अध्यक्षको जिम्मेवारी हेरफेर गरेको छ । कोशी प्रदेशको इन्चार्जमा तिलक थापा मगर, सहइन्चार्जमा जुरीलाल मोची, अध्यक्षमा खगेन्द्र भण्डारी, मधेस प्रदेशको इन्चार्जमा त्रिभुवन साह, सहइन्चार्जमा श्रीचन मुखिया, अध्यक्षमा उमेश कुशवाहा, उपत्यका विशेष कमिटीको इन्चार्जमा चन्द्रभुषण साह, अध्यक्षमा देवी पण्डित रेग्मी रहेका छन् ।
यसैगरी, सुदुरपश्चिम प्रदेशको इन्चार्जमा सुमिना हुसेन, अध्यक्षमा राम विष्ट, बागमती प्रदेशको इन्चार्जमा धनकुमारी मगर, सहइन्चार्जमा देवी पण्डित रेग्मी र अध्यक्षमा पासाङ तामाङ, गण्डकी प्रदेशको इन्चार्जमा तिलक थापा मगर र अध्यक्षमा भोजराज त्रिपाठी, लुम्बिनी प्रदेशको इन्चार्जमा त्रिभुवन साह र अध्यक्ष बिजय यादव र कर्णाली प्रदेशको इन्चार्जमा समिना हुसेन तथा अध्यक्ष आशा संजेल रहेका छन् ।
आजपा प्रवक्ता साहले व्यवस्था परिवर्तनका लागि पार्टी छठपछि आन्दोलनमा उत्रिने निर्णय भएको जनाएका छन् । छठपछि व्यवस्था परिवर्तनका लागि आन्दोलनमा जाने निष्कर्ष बैठकले निकालेको छ । दशैं, दिपावली, छठ पर्वसम्म पार्टीको प्रदेश, जिल्ला, पालिका कमिटीको बैठक, भेला, कमिटी गठन, पुनर्गठन, शुभकामना अदानप्रदान लगायतका गतिविधि गर्ने र चाडपर्व सकिएपछि आन्दोलनमा उत्रिने निर्णय आजपाले गरेको हो ।
‘दशैं, दिपावली, छठपर्वसम्म हामीले शुभकामना कार्यक्रम सहित बिभिन्न कमिटीको बैठक, भेला, कमिटी गठन, पुनर्गठन गर्दै अगाडी बढनेछौं । केन्द्रीय कमिटी पुनर्गठन गरेका छौं, अब प्रदेश, जिल्ला कमिटीहरु पुनर्गठन गर्दै छठपर्वपछि हामी व्यवस्था परिवर्तनका लागि आन्दोलन सहित निर्वाचनमा सहभागि हुने निर्णय गरेका छौं,’ प्रवक्ता साहले जनाएका छन् । ‘पार्टी केन्द्र, प्रदेश तथा जिल्ला कमिटीहरुलाई पूर्नगठन गर्दै सिस्टम सुधारका लागि जनदवाव अभियान सहित निर्वाचनमा सहभागी हुने निर्णय गरिएको छ,’ आजपाले निर्णय गरेको छ ।
विचार र सिद्धान्त मिल्नेसंग एकताका लागि वार्ता समिति गठन
यसैगरी, आजपाले विचार र सिद्धान्त मिल्ने विभिन्न लोकप्रिय व्यक्ति, समुह, संगठन एवं पार्टीसंग एकता र सहकार्य गर्ने निर्णय गरेको छ । त्यसका लागि बैठकले सहअध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापामगरको नेतृत्वमा चन्द्रभुषण साह, सुभाष साह, बिजय यादव, राम विष्ट सदस्य रहने गरी वार्ता समिति गठन गरिएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE