लोमश वाङ्मय प्रतिष्ठानको वार्षिकोत्सव तथा स्रष्टा सम्मान
काठमाडौं । लोमश वाङ्मय प्रतिष्ठानले वार्षिकोत्सव समारोह तथा स्रष्टा सम्मान कृति विमोचन कार्यक्रम गरेको छ । सोमबार नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा लोमश वाङ्मय प्रतिष्ठानको वार्षिकोत्सव समारोह तथा सष्टा सम्मान कृति विमोचन कार्यक्रम आयोजना गरिएको हो ।
कृति विमोचन कार्यक्रममा रुबि सत्यालको अपूर्वा उपन्यास, जयराम बिडारीका जिवन्त बिम्ब मुक्तक संग्रह र लोमश वाङ्मय प्रतिष्ठानको बइँसेरी कृति विमोचन गरिएको हो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले जेनजी पुस्ताको भावना र बिचारलाई ग्रहण गरेर अघि बढ्नुपर्ने बताए । भ्रष्टाचार अन्त्य गर्न युवाहरु अग्रसर भएको भन्दै सबैले सहयोग गरेर अभियान सफल बनाउनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा लोमशका अध्यक्ष माधव घिमिरे अटलले संस्थालाई एक बर्ष पु¥याउन योगदान गर्नुभएकोमा सबैलाई धन्यवाद दिए । साहित्यकारहरुको माया र योगदानले संस्थालाई उचाईमा पु¥याएको उनको दाबी छ ।
कार्यक्रममा बागमती टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले लोमससँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । उनले लोमशले गरिरहेका गतिविधिको प्रशंशा गर्दै अझै प्रगतिको शुभकामना दिए ।
कार्यक्रममा साहित्यकार तथा बक्ताहरुले आफ्नो रचना समेत प्रस्तुत गरेका थिए । समाजमा भइरहेको बेथिति तथा कुरितिप्रति आफ्नो सिर्जनामार्फत उनीहरुले सन्देश समेत दिएका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE