इक्वेडरमा कैदीहरूबीच भएको झडपमा १४ जनाको मृत्यु, कैयौँ कैदीहरू फरार
काठमाडौं । इक्वेडरमा कैदीहरूबीच भएको झडपमा बन्दुक र विस्फोटक पदार्थको प्रयोग हुँदा कम्तीमा १३ कैदी र एक गार्डको मृत्यु भएको छ ।
प्रतिद्वन्द्वी गिरोहहरूबीचको झडपमा १३ जना कैँदीको मृत्यु भएको, कैयौँ कैदीहरू भागेका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उक्त घटनामा परी १४ जना घाइते भएका छन् । तेह्र कैदीहरूलाई पुनः पक्राउ गरिएको जनाइएको छ ।
अमेरिकी लागुऔषध व्यापारका लागि हुने चलखेलका कारण बढेका हिंसात्मक गतिविधिमा संलग्नको गिरोहले जेल भरिएको र भीडभाडयुक्त जेलमा भएको यो रक्तपातको श्रृङ्खलाको पछिल्लो घटना हो ।
सुरक्षाकर्मीका एक पथप्रदर्शकलाई जेलमा छिर्ने क्रममा गोली हानी मारिएको थियो भने केहीलाई बन्धक बनाइएको सञ्चार माध्यमले जनाएका छन् । मारिएका कैदी प्रतिद्वन्द्वी लस चोनेरोस र लस लोबोस गिरोहका थिए । उनीहरू इक्वेडरको सबैभन्दा ठूलो लागुऔषध ओसारपसार समूहहरू मध्ये दुई हुन् । प्रहरीले यो हिंसा ‘गिरोहहरू बीचको झगडा’ को परिणाम भएको बताएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE