आइतवार, कार्तिक १०, २०८२
Sunday, October 26, 2025

नेतृत्व परिवर्तनबारे अध्यक्ष दाहालः महाधिवेशनसम्म सबै हल हुन्छ

  • 103
  •  
  •  
  •  
  •  
  •  
  •  
    103
    Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको आगामी महाधिवेशनले नेतृत्व परिवर्तन हुने बताएका छन् ।

बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा स्थायी कमिटीको बैठकपछि उनले यस्तो बताएका हुन । नेतृत्व परिवर्तनबारे पार्टीमा छलफल भइरहेको उनको भनाइ छ । आगामी महाधिवेशनसम्म जाँदा नेतृत्व परिवर्तनको कुरा हल हुने उनको दाबी छ । गत भदौ २३ र २४ गते भएको जेन—जी पुस्ताको आन्दोलनमा राजनीतिक दलका पुराना नेताहरुले नेतृत्व छोड्नुपर्ने माग उठेको थियो ।

प्रधानमन्त्री भइसकेको र पार्टीका नेतृत्वमा बारम्बार रहेको नेताहरुले नेतृत्व छोड्नुपर्ने माग राखेर दबाब दिएपछि माओवादीसहितका राजनीतिक दलका नेताहरुमाथि नेतृत्व परिवर्तनका लागि नेतृत्व छोड्नुपर्ने दबाब पार्टीभित्रैबाट आइरहेको छ । नेतृत्व परिवर्तनबारे पनि बहस भइरहेको छ नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘त्यो पनि छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x