शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट भागेकामध्ये ८ हजार जना कैदी फर्किए, ६ हजार अझै फरार

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं । नेपाल प्रहरीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा देशभरिमा रहेका कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी भइरहेको जनाएको छ ।

‘जेनजी’ आन्दोलनका क्रममा देशभरिका कारागारबाट भागेकामध्ये आठ हजार जना कैदी फर्किएका भने छ हजार अझै फरार छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले दसैँ, तिहार, छठलगायतका चाडपर्वको समयमा सुरक्षाका मामलामा नागरिकले पनि सतर्कता अपनाउन आग्रह गरेका छन् ।

उनले गाउँमा बदलाको भवना लिनसक्नेहरूको विवरणसहित सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पत्रचार गरिएको र उनीहरूले सम्भावित घटना घटाउन सक्ने भएकाले त्यसतर्फ प्रहरी सचेत रहेको बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x