शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

जनकपुरधामको शक्तिपीठहरुमा फूलपाती भित्र्याइयो

काठमाडौं। जनकपुरधामको शक्तिपीठहरुमा फूलपाती भित्र्याइएको छ । षष्ठी तिथिका दिन आमन्त्रित गरिएको बेलको फूल सप्तमी तिथिका दिन अर्थात आज टिपेर  जनकपुरधामको राजदेवी मन्दिरमा फूलपाती भित्र्याइएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामीसहित निकालेको भगवतीको डोला जनकपुरधामस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा रहेको बेलको रुखबाट बेलको फल टिपी फुलपाती भित्र्याइएको हो ।

जसलाई मिथिलाञ्चलमा बेल तोडी विधि भनिन्छ । जनकपुरधामको राजदेवी मन्दिरबाट बाजागाजासहित राजदेवी मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा निस्केको भक्तजनहरुको समूहले बेलको रुखमुनि गएर हिन्दु परम्पराअनुसार पूजा अर्चना गरेर आमन्त्रित बेलको फल टिपेका थिए ।

निम्ता दिएको बेलको फललाई सप्तमी तीथिका दिन बिहान तोडेर ल्याई बली दिने परम्परा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x