क्रिया, इच्छा र ज्ञान शक्ति नै दशैँ होः आत्मानन्द गिरी
काठमाडौं । धर्मगुरु स्वामी आत्मानन्द गिरीले क्रिया, इच्छा र ज्ञानको पुञ्जलाई नै नवदुर्गा भनिने बताएका छन्।
दशैँ नेपालीहरुको महान पर्वमध्ये एक हो । आज दशैँको पहिलो दिन बिहान ११ः५३ बजेको साईतमा आफू भन्दा ठूलाबडा र आफन्तजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरेर मनाइएको छ ।
दशैँको महत्वबारे कुरा गर्दै स्वामी गिरीले तीन शक्तिको लागि क्रमशः कालरात्री,महारात्री मोहरात्रीको विधान शास्त्रले गरेको बताए । क्रिया, इक्षा र ज्ञान शक्ति मानिसलाई नभइ नहुने तत्व रहेको बताए । पहिला जान्नुपर्ने, जानेपछि इच्छा गर्नुपर्ने र इच्छाअनुरुप प्रयत्न गर्दा मात्रै सफलता प्राप्त हुने बताए।
यि तीन शक्तिको योगलाई जगत जननी जगदम्बा (दुर्गा) भनिने बताए । प्रकृतीमा नै यि तीन शक्ति विद्यमान रहेको उनको भनाइ छ ।
तीन शक्तिमा क्रमशः ज्ञान शक्तिको लागि शिवरात्रीमा भगवान शिवको उपासना गरिन्छ, इच्छा शक्तिको लागि जन्माष्टमीलाई भनिन्छ, भगवान श्रीकृष्णको उपासना गरिन्छ । क्रिया शक्तिको लागि कालरात्री भनेर नवरात्रीलाई शास्त्रमा व्याख्या गरिएको छ । क्रियाशक्ति स्वरुप भगवती नवदुर्गाको आराधना आश्विन शुक्ल नवरात्रीभर गरिन्छ ।
नौ दिनसम्म देवीको आराधना गरेर हवन गरेर कन्यापूजा गरिसकेपछि दशमीको दिन भगवती जगत जननीको प्रसाद सबै देवी देवतालाई अर्पण गरेर प्रसादको रुपमा विजया दशमीको टीका प्रसाद र जमरा लगाउने नेपालीहरुको परम्परा रहेको बताए ।
विजया दशमीको टीका लगाउने र जमरा लगाउने मान्यजनहरु ज्ञानी गुरुहरु,वृद्ध कुल कुटुम्बमा ज्येष्ठ नागरिसँग आशिर्वाद प्राप्त गर्ने, सुख, शान्ति, समृद्धिको र निरोगताको कामना गर्ने परम्परालाई विजया दशमीको टीका ग्रहण गर्ने नेपाली परम्परा रहेको बताए ।
उनले भने, ‘तीन शक्तिको लागि क्रमशः कालरात्री,महारात्री मोहरात्रीको विधान शास्त्रले गरेको छ । क्रिया, इच्छा र ज्ञान शक्ति । मनुष्यलाई यि तीन शक्तिको आवश्यकता पर्दछ । जान्नुपर्छ, जानेपछि इच्छा गर्नुपर्छ, इच्छाअनुरुप प्रयत्न गर्नुपर्दछ । अनि बल्ल सफलता मिल्दछ । यि तीन शक्तिको योगलाई जगत जननी जगदम्बा जसलाई दुर्गा, देवी भनिन्छ, नवदुर्गा भनिन्छ । यिनमा प्रकृतीमा नै यि तीन शक्ति विद्यमान छन् । यि तीन शक्तिमा क्रमशः ज्ञान शक्तिको लागि शिवरात्रीमा भगवान शिवको उपासना गरिन्छ, इच्छा शक्तिको लागि जन्माष्टमीलाई भनिन्छ, भगवान श्रीकृष्णको उपासना गरिन्छ । क्रिया शक्तिको लागि कालरात्री भनेर नवरात्रीलाई व्याख्या गरिएको छ । क्रियाशक्ति स्वरुप भगवती नवदुर्गाको आराधना आश्विन शुक्ल नवरात्रीभर गरिन्छ । यसलाई नै नवरात्र भनिन्छ । नौ दिनसम्म देवीको आराधना गरेर हवन गरेर कन्यापूजा गरिसकेपछि दशमीको दिन भगवती जगत जननीको प्रसाद सबै देवी देवतालाई अर्पण गरेर प्रसादको रुपमा आज विजया दशमीको टीका प्रसाद र जमरा लगाउने नेपालीहरुको परम्परा हो । नवदुर्गा देवीको उपासना वैदिक सनातन धर्मको मूल तत्व हो । यो धार्मिक पक्ष हो भने विजया दशमीको टीका लगाउने र जमरा लगाउने मान्यजनहरु ज्ञानी गुरुहरु,वृद्ध कुल कुटुम्बमा ज्येष्ठ नागरिसँग आशिर्वाद प्राप्त गर्ने, सुख, शान्ति, समृद्धिको र निरोगताको कामना गर्ने परम्परालाई विजया दशमीको टीका ग्रहण गर्ने नेपाली परम्परा हो ।’
स्वामी गिरीले सत्व गुणलाई चुनौति दिने तमो गुणका राक्षसहरुको संहार गरेर देवीले सत्व गुणलाई विजयी गराउनुभएको बताए । नवरात्रले सकारात्मकता प्राप्त हुने बताए । वैदिक सनातन धर्मावलम्वी सबैले हर्षोल्लासका साथ दशैँ मनाउन आग्रह गर्नुभयो । वैदिक सनातन धर्मप्रति निष्ठा र श्रद्धा जाग्न जरुरी रहेको उनको भनाइ छ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE