शुक्रबार, कार्तिक ८, २०८२
Friday, October 24, 2025

राष्ट्रपति पौडेलद्वारा दशैँको टीका ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ बजेर ५३ को शुभ साइतमा टीका लगाएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएको राष्ट्रपतिको निजी सचिवालयले जानकारी दिएको छ ।

उनले परिवारका सपदस्यलाई टीका लगाइदिएपनि यस वर्ष सर्वसाधारणलाई भने टीका लगाइदिएनन् ।

देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिले टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । गएका वर्षहरुमा राष्ट्रपतिले वडादशैँका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x