शुक्रबार, कार्तिक ८, २०८२
Friday, October 24, 2025

रातको समयमा आवातजावत नगर्न काठमाडौं जिल्ला प्रशासनको आग्रह

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाण्डौ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रातको समयमा काठमाडौं आवातजावत नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले एक जरुरी सूचना निकाल्दै मौसमी प्रतिकूलताका बावजुद अनावश्यक रूपमा यात्रा नगर्न पनि आग्रह गरेका हुन् ।

विपद्को समयमा तत्काल कुनै प्रकारको उद्धार, सहयोग र राहत आवश्यक परेको खण्डमा जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न भनिएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचनाअनुसार यही असोज २० गते सम्म काठमाडौंमा भारी वर्षा हुने सम्भावना छ ।

वर्षाबाट जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भू–क्षय जस्ता विपतजन्य घटनाहरू घट्न सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले रातको समयमा काठमाडौं आवातजावत नगर्न भनेको हो । असोज २० गतेसम्म आ–आफ्नो स्थानमा नै रही सतर्कता र सावधानी अपनाउन भनिएको छ ।

अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दूरीको यात्रा नगर्न अनुरोध गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x