शनिबार, अशोज १८, २०८२
Saturday, October 4, 2025

शनिवार १ बजेसम्म पर्साको वीरगञ्जमा ११० मिलिमिटर वर्षा, शतर्क रहन आग्रह

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

काठमाडौं । वरिष्ठ जलविज्ञान विज्ञ विनोद पराजुलीले शनिवार १ बजेसम्म पर्सा जिल्लाको वीरगञ्जमा ११० मिलिमिटर वर्षा भएको बताएका छन् । शनिवार सिंहदरबारमा सञ्चारकर्मीहरुलाई अहिलेको अवस्थाबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।

बाराको कलैयामा पनि १ सय मिलिमिटर वर्षा मापन भएको बताए । उनले आसपासका केन्द्रहरुमा रौतहट, सर्लाही, मकवानपुर लगायतका जिल्लामा पनि ७५ मिलिमिटर भन्दा बढी वर्षा मापन भइसकेको जानकारी दिए।

३ दिनको दौरानमा करिव करिव ४ सय मिलिमिटरसम्म वर्षा हुने प्रक्षेपण गरिएको र सोही अनुपातमा वर्षा जारी रहेको बताए । आईतवार बेलुकासम्म मध्य क्षेत्रमा वर्षा निरन्तर जारी रहने र सोमवार बिहानसम्मै पूर्वी क्षेत्रमा वर्षा हुने बताए। खोलाहरुमा पानीको बहाव बढ्दै गएको भन्दै रेड अलर्ट जारी गरिएको बताए ।

उनले भने , ‘मनसुनको प्रवेश नेपालको पाँच वटा जिल्लाबाट दक्षिणी क्षेत्रबाट प्रवेश गरेको हो बारा, पर्सा, रौतहट, सर्लाही, चितवनमा भारी वर्षा भइरहेको छ । मकवानपुरल, काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, धादिङ र अन्य आसपासका जिल्लाहरुमा यसको फैलावट छ । यसको फैलावट थप विस्तार रुपमा पूर्वी क्षेत्रतर्फ विस्तार भइरहेको छ । सिन्धुली, दोलखा र रामेछापसम्म यसको विस्तार भइसकेको छ । कोशी पारी पनि केही मात्रामा पानी पर्न शुरु भएको छ । १ बजेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी वर्षा पर्सा जिल्लाको वीरगञ्जमा ११० मिलिमिटर मापन भएको छ । बाराको कलैयामा पनि १ सय मिलिमिटर वर्षा मापन भएको छ । आसपासका केन्द्रहरुमा रौतहट, सर्लाही, मकवानपुर लगायतका जिल्लामा पनि ७५ मिलिमिटर भन्दा बढी वर्षा मापन भइसकेको छ । ३ दिनको दौरानमा करिव करिव ४ सय मिलिमिटरसम्म वर्षा हुने प्रक्षेपण गरेका थियौँ । अहिले त्यही अनुपातमा वर्षा भइरहेको छ । भोलि बेलुकासम्म मध्य क्षेत्रमा वर्षा निरन्तर रहने देखिन्छ । पूर्वी क्षेत्रमा पर्सी बिहानसम्म वर्षा निरन्तर रहने देखिन्छ । खोलाहरु बढ्दै गएको अवस्था वागमती, काठमाडौं उपत्यकाका सबै खोलानालाहरु शतर्कताको तहमा पुगिरहेका छन् । वागमतीको तराईको क्षेत्रमा पनि बढ्दै गएको छ ।’

उनले कमला नदी जलाधारको क्षेत्रमा पनि शतर्कता तह पार गर्ने देखिएको, पूर्वराप्ती नदी जलाधार क्षेत्रमा पनि बाढीको जोखिम रहेको बताए । १२ घण्टामा सय मिलिमिटर वर्षा भइसकेको उनको भनाइ छ । प्रतिघण्टा २५—३० मिलिमिटर वर्षा भइरहे पनि रातिको समयमा र आईतवार जाखिम अत्याधिक रहेको उनको भनाइ छ

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x