शनिबार, कार्तिक ९, २०८२
Saturday, October 25, 2025

नेपाली सेनाद्वारा विपद् प्रतिकार्यका लागि २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मी परिचालन

  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

काठमाडौं ।नेपाली सेनाले मनसुनजन्य विपद् प्रतिकार्यका लागि २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरु परिचालन गरेको जनाएको छ ।

सञ्चारकर्मीसँगको कुराकानीमा सिंहदरबारमा नेपाली सेनाका रथी विष्णुकुमार खड्काले यसबारे जानकारी दिएका हुन् ।

उनकाअनुसार नेपाली सेनाले नेपाली सेनाका ७७ वटै जिल्लाहरुमा तैनाथ ९४ वटा गणहरुबाट एक गुल्म र ५८ वटै गुल्महरुमा एक स्ट्याण्ड बाइ फौज आधारभुत उद्धार सामग्रीहरुसहित परिचालन गर्नका लागि तयारी अवस्थामा राखेको बताए ।

२७ स्थानमा २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरु आफ्ना इक्वीपमेण्टहरुसहित अग्रिम तैनाथ गरिएको अवस्थामा राखिएको बताए।

उद्धार छिटो होस् भन्ने हेतुले सुर्खेतमा र इटहरीमा एक—एक वटा हेलिकप्टर तैनाथ गरिएको जानकारी दिए। ज्येष्ठ अधिकृतहरुबाट समन्वय सरल बनाउन खबर संकलन, अन्य सुरक्षा निकायहरु, स्थानीय निकायहरुसँग समन्वय गरिएको उनको भनाइ छ ।

उनले भने, ‘मौसम पूर्वानुमान गर्दा अत्याधिक वर्षा हुने भनेसँगै हामीले नेपाली सेनाका ७७ वटै जिल्लाहरुमा तैनाथ ९४ वटा गणहरुबाट एक गुल्म र ५८ वटै गुल्महरुमा एक स्ट्याण्ड बाइ फौज आधारभुत उद्धार सामग्रीहरुसहित परिचालन गर्नका लागि तयारी अवस्थामा राखेका थियौँ । २७ स्थानमा २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरु आफ्ना इक्वीपमेण्टहरुसहित अग्रिम तैनाथ गरिएको अवस्था थियो । हवाई साधनहरुको हकमा उद्धार छिटो होस् भन्ने हेतुले सुर्खेतमा र इटहरीमा एउटा एउटा हेलिकप्टर अग्रिम तैनाथ गरेको अवस्था थियो । समन्वय आदिको लागि ज्येष्ठ अधिकृतहरुबाट खबर संकलन, अन्य सुरक्षा निकायहरु, स्थानीय निकायहरुसँग समन्वय गरेका छौँ । ’

उनले डुबान इलाकामा बस्ती स्थानान्तरण र सुरक्षित स्थानमा राख्ने काम संयुक्त प्रयासमा गरेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x