बुधबार, कार्तिक ६, २०८२
Wednesday, October 22, 2025

वर्षा रोकिए पनि सडक क्षति र पहिरोको जोखिम अझै कायमः जलवायु तथा विपद् विज्ञ डा. उप्रेती

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

काठमाडौं । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले मनसुन अन्त्यतिर पुगेको बताएका छन् ।उनले वर्षा नरोकिएर घाम लागेपनि सडक क्षति र पहिरो जोखिम भने अझै कायम रहेको बताए । उनले मनसुन बाहिरिने बेलामा पूर्वी नेपालमा भएको असामान्य भारी वर्षाले सडक र नदी प्रणालीमा व्यापक क्षति पु¥याएको उल्लेख गरे ।

पछिल्ला वर्षातका कारण धेरै सडक भत्किएको, कतिपय राजमार्गमा चिरा परेकोले पहिरोको जोखिम अझै कायम रहेको उनको भनाई छ । घाम लागेपछि माटो सुक्दै जाँदा चिरा बढ्ने र सडक भासिने सम्भावना भएकोले राजमार्गहरूमा अझै सर्तकता आवश्यक रहेको उनले बताए ।

उनकाअनुसार काठमाडौं उपत्यकाका लगायत आसपासका क्षेत्रमा पानी पर्न रोकिएकोले नदीहरूको सतहमा तत्काल बाढीको खतरा भने घट्दै गएको छ । पूर्वी क्षेत्रमा सक्रिय रहेको मौसमी प्रणाली क्रमशः बाहिरिन लागेको र त्यसको असर आईतवार साँझसम्म घट्ने उहाँले जानकारी दिए ।

पश्चिम नेपालमा यस वर्षाको उल्लेख्य प्रभाव नपरेको र आगामी सोमवार र मंगलवार सुदूरपश्चिममा सामान्य प्रभाव मात्र देखिने सम्भावना रहेको पनि उनले बताए । मनसुन बाहिरिएपनि पश्चिमी वायुको प्रभाव भने देखिन सक्ने सम्भावना भएको उनको भनाई छ । बुधवारदेखि सबै क्षेत्रमा मनसुन विस्तारै बाहिरिने भएकोले किसानले धान भित्र्याउन सक्ने उनले बताए ।

उनले भने, ‘अहिलेको जुन यो वर्ष भयो । मनसुन बाहिरिने बेलाको भारी वर्षा, पूर्वी नेपालमा । त्यो वर्षाले धेरै सडकमा क्षति गरेको छ । धेरै नदीसिस्टममा बाढीको खतरा तह पार गरेको अवस्था थियो । यदपी अहिले जहाँबाट यो वर्षा एक्टिभ थियो, काठमाडौ उपत्यकाका लगायत वरिपरिका क्षेत्रमा बर्षा चाहीँ कम भएको अवस्था छ । कम हुँदै गर्दाखेरी र काठमाडौबाट, धेरै ठाँउबाट बाहिरिसकेको हुनाले विस्तारै नदीको सतह घट्दै गएको अवस्था छ । तर यसको प्रभाव चाँही कतिपय कुरामा पहिरोको प्रभाव चाँही जव पानी परिसकेपछि घाम लागेपछि पनि पहिरोको प्रभाव देखिने हुनाले राजमार्गहरुमा अझैपनि जोखिम छ । राजमार्गको जोखिम र कतिपय ठाउँमा चाँही सडक भत्केको, सडकमा चिरा परेको हुन्छ, त्यो चिराबाट नै थाहा नपाईने गरि यदी बसको ठुलो लोड त्यसमा गयो भने त्यो पनि जोखिम कायमै हुने हुनाले सडक क्षेत्रमा चाँही यसको जोखिम अझै पनि कायम छ । विशेषतः पहिरोको जोखिम र पाहिरोको जुन क्रयाक जुन भएको हुन्छ, त्यसको जोखिम । सडक धेरै ठाउँमा भत्केको अवस्था छ, त्यसलाई पनि रिकभर नहुञ्जेलसम्मको लागी त्यहाँ पनि जोखिमहरु हुनसक्छ । यो जोखिमलाई मध्येनजर गर्दै चाहीँ हामीले सवारी साधनहरुलाई चलाउनुपर्ने एउटा चुनौती छ भने हवाई उडानको सन्र्दभमा आज(आईतबारदेखी) हवाई उडान सुचारु हुने देखिन्छ । मौसमी सिष्टम विस्तारै पूर्वतिर लागेर आईतवार साँझबाट बाहिरिने हुनाले पश्चिम नेपालमा यसको खासै प्रभाव चाँही परेन र आईतबार पर्ने अवस्था पनि छैन । यद्यपी केही नयाँ सिष्टम पश्चिमी वायु प्रणालीले सुदूरपश्चिममा सोमवार र मंगलवार सामान्य प्रभाव देखिन सक्छ । तर ठूलो प्रभाव देखिने अवस्था छैन ।’

उनले मौसमसम्बन्धी पूर्वसूचना महत्वपूर्ण रहेको बताए । जल तथा मौसम विभागले समयमा नै जारी गरेको मौसम पूर्वानुमान र चेतावनीका कारण ठूलो धनजन क्षति हुनबाट जोगिएको उनको भनाई छ । आगामी दिनमा पूर्वसूचना प्रणालीलाई व्यवस्थित र विकास गरि सबै क्षेत्रमा यसको प्रभाव पुग्ने गरि काम गर्न आवश्यक रहेको बताए ।

व्यवस्थित र प्रविधिमैत्री पूर्वसूचना प्रणाली विकास गर्न सरकारले थप लगानी गर्न जरुरी रहेको उनको भनाई छ । उनका अनुसार बदलिँदो जलवायु र प्रविधिको युगमा एआई (कृत्रिम बुद्धिमत्ता) जस्ता प्रविधिको उपयोग गरेर पूर्वसूचना प्रणालीलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता देखिएको छ । मौसमसम्बन्धी सूचना संवेदनशील विषय भएकोले यसमा दीर्घकालीन लगानी गर्न सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x