सुनको मूल्यमा फेरि अर्को कीर्तिमान,तोलाको २ लाख ३५ हजार बढी

काठमाडौं । सुनको मुल्यमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुनको मूल्य तोलाको दुई लाख ३५ हजार रुपैयाँ नाघेको छ ।
हिजोको मूल्यमा तोलाको दुई हजार तीन सय रुपैयाँले बढेर आज सुनको मूल्य तोलाको दुई लाख ३५ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य दुई लाख ३३ हजार एक सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य भने यथावत नै रहेको छ । चाँदीको मूल्य आज दुई हजार नौ सय ६० रुपैयाँ रहेको छ । हिजो पनि त्यही मूल्यम कारोबार भएको महासङ्घले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE