महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको सानदार जित
काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको चौथो खेलमा नेपालले मलेशियालाई ६ विकेटले हराएको छ । मलेशियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले चार विकेट गुमाएर भेटाएको हो ।
नेपालका इन्दु वर्माले अविजित ४८ र रुविना क्षेत्रीले अविजित २३ रन बनाए । मलेशियाका आनिया हमिजाह, नुर दानिया र महिराले समान एक विकेट लिए ।
त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको मलेशियाले पाँच विकेट गुमाएर एक सय ११ रन बनायो । मलेशियाकी मस एलिसाले ५६ रन बनाइन् ।
नेपालका कविता कुँवरले तीन, पुजा मल्ल र कविता जोशीले समान एक विकेट लिए । यो जीतसँगै पाँच खेलको शृङ्खला २–२ को बराबरी भएको छ ।
शृङ्खलाको पाँचौं तथा अन्तिम खेल बुधबार हुनेछ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE