शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

देशका बिभिन्न जिल्लामा मनसुनी वायुको प्रभाव तर, विभिन्न जिल्लामा बाढीको जोखिम

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । देशका बिभिन्न प्रदेशमा मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भू–भागमा मनसुनी वायुको कमजोर प्रभाव रहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश र बागमती प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ ।बाढी पूर्वानुमान महाशाखाले आज जुम्ला, मुगु, डोल्पा, हुम्ला, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव सामान्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने जानकारी दिएको छ ।

साथै रसुवा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, बाँके, रुकुम पश्चिम, बाजुरा, डोटी र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव सामान्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x