शनिबार, कार्तिक ९, २०८२
Saturday, October 25, 2025

बाढी र पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने सरकारको निर्णय

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं । सरकारले हालैको बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले यस्तो जानकारी गराएका हुन् ।

सरकारले बाढीपहिरो प्रभावितलाई तत्काल राहत रकम पनि उपलब्ध गराउने भएको छ । बाढीपहिरोबाट कसैको घरभत्केको पाइएमा सरकारले तत्काल अस्थायी आवासमा सार्ने र दीर्घकालीन रूपमा स्थायी आवासको व्यवस्था मिलाउने निर्णय भएको उनको भनाइ छ । अस्थायी आवासका लागि विपद् प्राधिकरणबाट ५० हजार रुपैयाँ उपलब्ध गराइने जनाइएको छ ।

महामारी फैलिन नदिन सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने विपद्पछि महामारी फैलिन सक्ने सम्भावना रहेको भन्दै यसका लागि तीनै तहका सरकारले चनाखो भएर काम अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

महामारी फैलिन सक्ने सम्भावना रहेकोले त्यसो हुन नदिनका लागि स्वास्थ्य मन्त्रालयका साथै प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त पहलमा यो संकट आउन नदिन आवश्यक काम अघि बढाउने निर्णय भएको भट्टले जानकारी दिए ।

बाढी पहिरोका कारण देशभरिका विभिन्न स्थानमा अवरुद्ध भएका सडकहरू तीनै तहको पहलमा तत्काल सञ्चालनमा ल्याइने निर्णय भएको छ । यस्तै बाढीपहिरोबाट अवरुद्ध खानेपानी, विद्युत्, सञ्चार लगायतका अत्यावश्यक सेवाहरू सञ्चालन गर्न खानेपानी सेवा प्रदायक संस्था, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल विद्युत् प्राधिकरणले यथाशीघ्र गर्ने गरी सम्बन्धित मन्त्रालयले व्यवस्था मिलाउने निर्णय भएको उहाँको भनाइ छ ।

बाढी—पहिरोले इलामका मात्रै १६ वटा जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x