शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

सुदन गुरुङ लगायतको जेन-जी समूह शिर्ष नेताहरु पक्राउको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं । सुदन गुरुङ लगायतको जेन—जी समूह पूर्वप्रधानमन्त्रीहरुलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरुलाई पक्राउ गर्न माग गर्दै परिसर पुगेको हो ।

मंगलवार अपरान्ह गुरुङ लगायतको जेन—जी समूहले माईतीघरमा पूर्वप्रधानमन्त्री ओलीसहित काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वगृहमन्त्री एवं काँग्रेस नेता रमेश लेखक, एमाले नेता महेश बस्नेत, पूर्वपरराष्ट्रमन्त्री एवं काँग्रेस नेतृ डा. आरजु राणा देउवाको ब्यानर टाँसेर उनीहरुलाई पनि पक्राउ गर्नुपर्ने मागसहित विरोध जनाएका छन् ।

जेन—जी आन्दोलनमा दमनकारी भुमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न माग गर्दै जेन—जीले दबाब बढाइरहेका छन् । यसबारेमा तीन वटै सुरक्षा निकायहरुसँग अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले छलफल समेत गरेकि छन् ।

प्रहरीले भने प्रधानमन्त्रीबाट लिखित जवाफ आएपछि मात्रै जाहेरी दर्ता गर्न सकिने र बाँकी प्रक्रिया अघि बढाउने भन्दै जाहेरी दर्ता गर्न पुगेका जेन—जी प्रतिनिधिहरुलाई फर्काएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x