महेश बस्नेतविरुद्धको रिटमा अदालतले भन्यो- थप प्रमाण पेश गर्नू
काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध काठमाडौं जिल्ला अदालतमा पेश भएको रिट निवेदनमा थप प्रमाण पेश गर्न आदेश जारी भएको छ ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार आदेश जारी गर्दै थप प्रमाण पेश गर्न भनेको हो ।
अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले यो रिट निवेदनमा बस्नेतविरुद्ध थप प्रमाण पेश गर्न आदेश जारी भएको जानकारी दिए । शोभा पाठकले उनीविरुद्ध रिट दर्ता गरेकी थिइन् । उनले बस्नेलाई पक्राउ गर्नुपर्ने माग निवेदनमार्फत गरेकी थिइन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE