मङ्लबार, कार्तिक १२, २०८२
Tuesday, October 28, 2025

मधेसमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । मधेस प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र जनमत पार्टीबीच बुधवार काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सहमति अनुरुप प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिएको हो ।

काँग्रेस संसदीय दलका नेता कृष्ण यादव, एमाले संसदीय दलका नेता सरोज यादव र जनमत पार्टीको संसदीय दलका नेताको नेतृत्वमा पुगेको प्रदेश सभा सदस्यहरुको टोलीले प्रदेश प्रमुख सुमित्रा सुवेदी प्रदेश बाहिर रहेकाले प्रदेश प्रमुखको कार्यालयमा पुगेर सरकार गठनका लागि दाबी पेश गरेको हो ।

बहुमतका मुख्यमन्त्री सतिशकुमार सिंहको सरकारलाई दिएको समर्थन नेपाली काँग्रेस र नेकपा एमालेले फिर्ता लिएपछि आफूहरुले सोही अनुरुप नयाँ सरकार गठनका लागि दाबी पेश गरेको काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले जानकारी दिए ।

जेन—जी आन्दोलनको क्रममा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सञ्जाल मार्फत राजिनामा दिएको अवस्थामा राजिनामा दिन तयार नभएपछि उत्पन्न परस्थितिलाई समाधान गर्नकालागि आफूहरु सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार गठनको प्रकृयामा अगाडी बढेको एमाले संसदीय दलका नेता सरोज यादवले बताए ।

केही अवधिका लागि जनमतले सरकारको नेतृत्व गर्ने र त्यसपछि सरकारको नेतृत्वका लागि काँग्रेसलाई दिने सहमति भएपनि मुख्यमन्त्रीले सो सहमति पालन गर्न अग्रसर नदेखिएपछि आफूहरु नयाँ शिराबाट सरकार गठनतर्फ लागेको जनमत पार्टीको संसदीय दलका नेता महेश यादवले बताए ।

काँग्रेसको नेतृत्वमा सरकार गठनका लागि १ सय ७ सदस्यीय प्रदेश सभामा काँग्रेस, एमाले र जनमत पार्टीका ५८ प्रदेश सभा सदस्यहरुको समर्थनमा दाबी पेश गरिएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x