राहत सामग्रीको गुणस्तरीयता कायम गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्ग्रस्त क्षेत्रमा वितरण गर्ने खाद्यान्न, पानी तथा लत्ता कपडाहरुको गुणस्तरीयता कायम राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले संकटको समयमा वितरण गरिने पिउने पानी र खाद्यान्न स्तरहिन भए विपद्ग्रस्त क्षेत्रमा महामारी र प्रकोप फैलनसक्ने जोखिम रहेको भन्दै त्यसतर्फ सबैको ध्यानाकर्षण गराएका हुन् ।
उनले वितरण गरिने खाद्यान्न र लत्ताकपडाको गुणस्तरियता कायम राख्न सबैलाई आग्रह गरे । साथै, मिनिरल वाटर वितरण गरेपनि विपद्ग्रस्त क्षेत्रमा पीउने पानी उमालेर प्रयोग गर्नुपर्न सन्देश पु¥याउन आवश्यक रहेको बताए ।
उनले भने, ‘यहाँहरुले मानवीय संवेदनामा सचेत भएर काम गरिदिनुभएन भने अबको एक÷दुई हप्तामा फेरि महामारी फैलिन्छ । अहिलेको अवस्थामा जुनसुकै स्रोत वा मुहानको पानी भएपनि उमालेर मात्र पिउनुपर्छ भन्ने कमन म्यासेज जानुपर्छ । त्यसकारण सबै नागरिकलाई त्यहीअनुसारको निर्देशन दिनुहोस् । नत्र भने पानी प्रदुषण भएकै कारणले हैजा, झाडापाखाला, टाईफाईड जस्ता रोगहरुको प्रकोप फैलिने सम्भावना रहन्छ । त्यसकारण यस कुरामा संवेदनशील रहनुहोला । अर्को, खानेकुरामा पनि पनि सचेत रहन आवश्यक छ ।’
डुबानग्रस्त क्षेत्रका पानीका मुहानहरु डुबानमा परी दुषित भएको अवस्था रहेकाले पिउने पानीको स्वच्छता सुनिश्चित गर्न नसके एक साताभित्र हैजा लगाएतका महामारी र प्रकोप देखापर्न सक्ने भन्दै मन्त्रालयले त्यसतर्फ गम्भीर हुन आग्रह गरेको हो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE