डोटीमा गाडी दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । डोटीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा परि २१ जना घाइते भएका छन् ।
अछामबाट धनगढी आइरहेको सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–२ मा आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अछामको मंगलसेन नगरपालिका घर भएकी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर ६ बालबालिकासहित अन्य २१ जना घाइते भएका छन् । उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
सबैलाई उपचारका लागि धनगढी ल्याइएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE