शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

जेनजी प्रतिनिधिबीच शीतल निवासमा छलफल जारी, भित्र जान नपाएको भन्दै युवाको प्रदर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजी प्रतिनिधिबीच शीतल निवासमा छलफल जारी छ । प्रधानमन्त्री शुसीला कार्की र जेनजी प्रतिनिधि पुगेपछि शीतल निवासमा वार्ता सुरु गरिएको हो ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजीका मागबारे प्रतिनिधिहरुसँग छलफल भैरहेको छ । बैठकमा सुरुमा १७ जना जेनजी प्रतिनिधि सहभागी हुने तय भए पनि संख्या बढेको छ । २० भन्दा बढी जेनजी बैठकमा सहभागी भएको बताइएको छ ।

यसैबीच राष्ट्रपति पौडेलले जेनजी युवाहरुसँग आज गर्ने छलफलमा सहभागी हुन नपाएकाहरुले विरोध जनाएका छन् । शीतल निवास अगाडि भेला भएकाहरुले नाराबाजी समेत गरेका छन् ।

जेनजी युवाहरुको वार्ता टोलीलाई सहभागी नगराएर सुदन गुरुङको टोलीमात्र शितल निवासभित्र प्रवेश गरेपछि बाहिरै रहेकाहरुले विरोधमा नाराबाजी गरेका हुन् ।

अहिले ठूलो संख्यामा युवाहरु शीतल निवास अगाडि जम्मा भएर आफूहरुलाई पनि भित्र जान दिनुपर्ने माग गरिरहेका छन् । प्रहरीले उनीहरुलाई सम्झाउने प्रयास गरिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x