टीओबी बारे सुदन गुरुङको प्रष्टीकरण,फ्री तिब्बतसँग जोडेर बदनाम गर्ने नियोजित खेल भएको दाबी
काठमाडौं । हामी नेपाल संस्थापक सुदन गुरुङले आफ्नो अभियानलाई विदेशी शक्ति र ‘फ्री तिब्बत’ आन्दोलनसँग जोडेर बदनाम गर्न खोजिएको भन्दै तीव्र आपत्ति जनाएका छन् । शनिबार सामाजिक सञ्जालमा जेन–जी आन्दोलनका क्रममा केही युवाले लगाएको कालो टिसर्टमा ‘टीओबी’ लेखिएको फोटो भाइरल भएपछि उनले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आपत्ति जनाएका हुन् ।
संगठित साइबर समूह’ले नियोजित रूपमा भ्रम फैलाएको उनको दाबी छ । हाम्रो समाजमा अुको खुट्टा तान्ने प्रवृत्ति कहिल्यै नहराएको बताउदै उनले अहिले फेरि नयाँ रूपमा साइबर सेनाको खेल सुरु भएको आरोप लगाए
भाइरल फोटोमा देखिएको ‘टीओबी’ लाई कतिपयले ‘टिबेटन ओरिजिन ब्रदरहुड’ र ‘फ्री तिब्बत’ आन्दोलनसँग जोडेर टिप्पणी गरेका थिए । तर गुरुङले त्यो दाबीलाई पूर्ण रूपमा अस्वीकार गर्दै आफ्नो अभियानमा कुनै पनि विदेशी शक्ति, आइएनजीओ वा राजनीतिक समूहको संलग्नता नरहेको स्पष्ट पारे ।
हामी नेपाल कुनै गैरसरकारी संस्था नभई गैरनाफामुखी संगठन भएको र जसले नगदभन्दा पनि जिन्सी सहयोगलाई प्राथमिकता दिने गरेको उनको भनाइ छ । उनले हामी नेपाललाई एनजीओ प्रणाली मन परेन, त्यसैले एनपीओ नाम राखेर उनले प्रष्टए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE