आइतवार, कार्तिक १०, २०८२
Sunday, October 26, 2025

राष्ट्रिय हितको लागि गुटबन्दी नगर्न जेन जीलाई मन्त्री महावीर पुनको आग्रह

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

काठकाडौं । शिक्षामन्त्री महावीर पुनले जेनजीहरूलाई राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान नगर्न सुझाव दिएका छन् । मन्त्री पुनले आज सामाजिक सञ्जालमार्फत देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगर्न जेनजीलाई ६ बुँदामा सुझाव दिएका हुन् ।

उनले गुटबन्दी खुट्टा तानातानले नेपाली जनताले १०४ वर्षसम्म निरकुंश राणातन्त्र बेहोर्नु परेको, राजतन्त्र हुँदा पनि गुटबन्दी भोग्नु परेको, २०१७–४६सम्म बहुदलहरूको गुटबन्दी ब्यहोर्नु परेको र ४६देखि ८२ सम्म पनि राजनैतिक पार्टीहरूबीच चरम आन्तरिक गुटबन्दी र खुट्टा तानातान रहेको भन्दै इतिहासको पानाबाट पाठ सिकेर अगाडि बढ्न आग्रह गरेका छन् ।

मातृभूमिको अस्तित्वको लागि नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहर्याउन  उनले अनुरोध समेत गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x