शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

मंसिर १८ भित्र महाधिवेशनको मिति तोकिसक्न लिङदेनलाई राप्रपा जबरा पक्षको अल्टिमेटम

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर जबराले मंसिर १८ गतेभन्दा अगाडी नै महाधिवेशनको मिति तोकिसक्न पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई अल्टिमेटम दिएका छन् । काठमाडौंमा आईतवार जबरा पक्षधर नेताहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मंसिर १८ भित्र महाधिवेशनको मिति तोकिसक्न अल्टिमेटम दिएका हुन ।

महामन्त्री जबराले महाधिवेशन गर्न दबाब दिने उद्देश्यले बैठक बोलाएका हुन । उनले वर्तमान कार्यसमितिको चार वर्ष कार्यकाल मंसिरको १८ गते सकिने भएकोले सो भन्दा अगाडी नै महाधिवेशनको मिति तोक्नुपर्ने बताए । मंसिरमा महाधिवेशन नगरे वर्तमान कार्यसमिति अवैध हुने उनको भनाई छ ।

आईतवार बसेको भेलाले महाधिवेशनको मिति तोक्नुपर्ने, कारबाहीमा परेकाहरुको कारबाही फुकुवा हुनुपर्ने र पार्टीमा एकता कायम गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिए । भेलाले देशमा भइरहेको वर्तमान परिस्थितिमा पार्टीको एजेण्डालाई अगाडी सार्नुपर्नेमा पनि जोड दिएको उनको भनाई छ । संघीयता र गणतन्त्र खारेज गरेर देशलाई राजसंस्थासहितको हिन्दुराज्य बनाउनुपर्ने मागलाई अगाडी लिएर जानुपर्ने उनले बताए ।

उनले भने, ‘आज हाम्रो काठमाडौ उपत्यकामा भएका केन्द्रिय कार्यसमितिका सदस्य र केही महत्वपूर्ण नेताहरुलाई पार्टीको, देशको विषयमा छलफल गरेर कसरी अगाडी जाने भन्ने अनौपचारिक भेला हो ।

भेलाले पार्टीमा एकता कायम गरेर पार्टीको महाधिवेशन जुन मंसिरमा हुने हो, त्यो मंसिरको महाधिवेशनको मिति तय गर्ने र जुन साथीहरुलाई भएको कारबाही भएको छ, निलम्बन भएको छ । त्यस्तो कुराहरुलाई पनि पार्टीले फिर्ता लिनुपर्छ ।

अब महाधिवेशन र आन्दोलन कै क्रममा हामीहरु जानुपर्छ भन्ने निष्कर्षमा हामीहरु पुग्यौँ । यो केन्द्रिय कार्यसमितिको समय १८ मंसिरमा समाप्त भईरहेको छ । १८ मंसिर भन्दा पहिले हामीले महाधिवेशनको तिथिमिति तोक्नुपर्ने आवश्यकता छ । नत्र हाम्रो समिति अवैध हुन्छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x