शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

गगनको सन्देश : देउवा, ओली र दाहाललाई बिदा गरौँ, तपाईंहरू अब ‘नो मोर’ भनौँ

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेताहरुलाई विदाई गर्न आह्वान गरेका छन् । उनले सम्वादको नयाँ वातावरण बनाउनपनि अपिल गरेका छन् ।

आइतबार एक भिडिओ सन्देश जारी गर्दै उनले अब शीर्ष नेतालाई बिदा गर्नै पर्ने बताएका हुन् । नेपाली राजनीतिमा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच १० वर्षयता सत्ताको म्युजिकल चेयर चलिरहेको बताउँदै उनले उनीहरूलाई बिदा गर्नै पर्ने मत राखेका हुन् ।

थापाले २०८२ भदौ २५ गतेपछि र भदौ २२ गतेअघिको नेपाल एउटै नरहेको पनि टिप्पणी गरेका छन् । सभापति देउवालाई यत्रो पर्दा संवेदना नराखेको भनेर पार्टीकै साथीहरूले कुरा उठाएकोमा उनले त्यस्तो नगरेको बताए ।

आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माले भदौ २४ गते जेन-जीका नाममा सभापति देउवामाथि गरिएको आक्रमणको भर्त्सना गर्दै वक्तव्य निकालेको पनि उनले बताए । आफूहरू कसैमाथि पनि हुने भौतिक आक्रमणको कुरा अस्वीकार्य हुन्छ भनेर मान्ने व्यक्तिका रुपमा एक पटक फेरि चिनाए । थापाले आफूहरू पनि हातपात हुनबाट मुस्किलले बाँचेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x