३० आश्विन २०८३, शुक्रबार

रहेनन् विपिन जोशी

0
Shares


काठमाडौं । विगत दुई वर्षदेखि प्यालेस्टाइनी समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशी जीवित फर्कने आशा सकिएको छ ।

इजरायलका अधिकारीले जोशी जीवित नरहेको पुष्टि गरेका इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

इजरायली अधिकारीले नेपाली राजदूतावासलाई सम्पर्क गरेर जोशी जीवित नभएको जानकारी दिएका नेपाली दूतावासले उल्लेख गरेको छ ।

हमास समूहले इजरायलको किबुल आलुमिमबाट सन् २०२३ अक्टोबर ७ मा जोशीलाई अपहरण गरेको थियो ।

जोशी सन् २०२३ मा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि तालिमका लागि इजरायल गएका थिए ।