शुक्रबार, कार्तिक २२, २०८२
Friday, November 7, 2025

विपिनको शव पोष्टमाटमा लागि इजरायलको सैनिक अस्पतालमा, प्रक्रिया पूरा गरेर शवलाई नेपाल पठाइने

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले इजरायली सेनालाई जिम्मा लगाएको छ ।

विपिनको शव सैनिक अस्पतालमा राखिएको जनाइएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

रिपोर्ट आउन करिब ४ घण्टा लाग्ने र त्यसपछि प्रक्रिया पूरा गरी इजरायल सरकारले नै कफिनमा बन्द गरेर शव नेपाल पठाइदिने जनाइएको छ । त्यसका लागि अझै केही दिन लाग्ने अनुमान छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।त्यसयता उहाँको अवस्था अज्ञात थियो ।

इजरायल र हमासबीच युद्धविराम भएपछि मंगलबार बिहान मात्रै इजरायली सेनाका अधिकारीले विपिनको मृत्यु भएको पुष्टि भएको औपचारिक जानकारी दिएका थिए । बन्दीहरु मुक्त गर्ने क्रममा हमासले विपिनको शव मंगलबार हस्तान्तरण गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x