प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर, छिट्टै सुनुवाइ प्रक्रिया अघि बढाउने तयारी
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न सुरु भएको छ । आज बिहान सम्ममा पाँचवटा रिट दायर भइसकेका छन् ।
रिट दायर गर्नेमा अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना शर्मा, आयुष बडाल र मकबुल मिया रहेको जनाइएको छ ।
सर्वोच्च अदालतले आजदेखि संसद् विघटनसम्बन्धी रिट दर्ता लिने निर्णय गरेपछि दर्ताका लागि रिट पेश गर्ने क्रम सुरु भएको हो ।
अदालतले दर्ता भएको रिटमा छिट्टै सुनुवाइ प्रक्रिया अघि बढाउने तयारी गरेको बताइएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE