बुधबार, कार्तिक ६, २०८२
Wednesday, October 22, 2025

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक जारी

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक जारी छ । आज दोस्रो दिनको बैठक बिहान ८ बजेबाट सुरु भएको हो । आजको बैठकमा पनि केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा आफ्ना धारणा र सुझाव राख्नेक्रम जारी छ ।

आजको बैठकमा वैदेशिक हस्तक्षेप कसको हो भनेर किटान गर्नुपर्ने माग उठेको छ । अध्यक्ष ओलीले वैदेशिक हस्तक्षपका कारण आफु नेतृत्वको सरकारमाथि प्रहार भएको र नेतृत्व छाड्नु परेको बताउदै आएका छन् । यसैलाई लिएर बैठकमा बोल्ने सदस्यले नेपालमा हस्तक्षेप गर्ने विदेशी शक्ति किटान गर्नुपर्ने माग उठाएका हुन् ।

बैठकमा केन्द्रीय सदस्य रामलाल साहले वैदेशिक हस्तक्षेप हो भने क–कसको हो किटान गरौं र सोधौं होइन भने समस्याको समाधान बाहिर नखोजौं भन्दै ओलीलाइ सुझाव दिएका छन् । खास समस्या पार्टी नेता र नेतृत्वमा रहे पनि अमूक ‘विदेशी शक्ति’लाई मात्र दोष देखाउनु गलत हुने उनको टिप्पणी छ ।

अर्का केन्द्रीय सदस्य रबिन कोइरालाले पनि समाजका तमाम असफलताहरु अरुले गरेको भनेर आज पत्याउने परिस्थिति नभएको बताए । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट बिदा लिन सुझाव समेत दिए । यस्तै अन्य अधिाकांस सदस्यले पनि पार्टी भित्र समस्याको समाधान खोज्न सुझाव दिइरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x