इलामको देउमाईका युवाद्वारा विपद्पीडित परिवारलाई राहत वितरण
इलाम । इलामको देउमाई नगरपालिका–३ सुर्केका स्थानीय युवाहरूले विपद् प्रभावित परिवारहरूलाई राहत सामग्री वितरण गरेका छन् । स्थानीय युवा सुमन राईको संयोजक रहेको समूहले एक कार्यक्रम गरी ५८ हजार ७ सय बराबरको राहात सामग्रीहरू वितरण गरिएको हो ।
राहत संकलन कार्यमा लक्ष्मण बुढाथोकी, सुदीप राई, जोन लिङ्खिम, चेतन कट्टेल, सोम बराल, हेम राई, विष्णु राई लगायतका युवाहरू सक्रिय थिए । राहत सामग्री बिष्णु गजुरेल, मेनुका बराल, नविन राई, तिथ कुमारी तामाङ, नरबहादुर राई र रमना खड्कालाई प्रदान गरिएको थियो ।
स्थानीय युवाहरूले विपद्को समयमा सामूहिक सहयोगमार्फत समुदायमा सहकार्य र सामाजिक उत्तरदायित्वको काम गरेर उत्कृष्ट उदाहरण प्रस्तुत गरेको भन्दै प्रशंशा गरिएको थियो । उनीहरूले भविष्यमा पनि यस्ता मानवीय कार्यहरू निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE