आइतवार, कार्तिक १०, २०८२
Sunday, October 26, 2025

काँग्रेस केन्द्रिय समिति बैठकः सरकार प्रतिशोधमा लाग्यो, संसद विघटन संविधान विपरित

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठकमा सात जना सदस्यहरुले धारणा राखेका छन् । बिहीवार दिउँसो बसेको केन्द्रिय समितिको बैठकमा सात जना मात्रै सदस्यहरुले आफ्ना धारणा राखेका छन् ।

बैठकले पार्टी सभापति शेरबहादुर देउवामाथि जेन—जी आक्रमणमा भएको सांघातिक हमलाप्रति निन्दा गरेको छ । बैठकमा बोल्ने सदस्यहरुले महाधिवेशनबारे स्पष्ट हुनुपर्ने धारणा राख्नुभएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । सरकार निर्वाचनलाई सहज बनाउने बाटोतिर नगएको, प्रतिशोध साँध्ने बाटोमा गएको धारणा राखेका हुन ।

आम नागरिकले पूर्ण रुपमा सुरक्षा महशुस गर्न नसकेको, सुरक्षा निकायको मनोबल उठ्न नसकेको बताए । निर्वाचनमा कुनैपनि भय बिना भाग लिने वातावरण बनाउनुपर्ने धारणासदस्यहरुले राख्नुभएको बताए । बैठकमा पुनः स्थापना बारेमा पनि केही सदस्यहरुले आफ्ना धारणा राख्नुभएको दाबी गरे । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान अवस्थाबारे बैठकमा जानकारी गराउनुभएको बताए ।

उनले पार्टीले नियमित महाधिवेशन नै अघि बढाउने र विशेष महाधिवेशनको एजेण्डा केन्द्रिय समितिको बैठकमा नरहेको बताए । आम निर्वाचन र पार्टीको अधिवेशनबारे प्रश्न उठाउनुभएको जिकिर गर्नुभयो । बैठकमा कार्यतालिका प्रश्ताव अहिलेसम्म नगरिएको पनि उनले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x