मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटना : चारको अवस्था गम्भीर
काठमाडौं । मुग्लिन–नारायणघाट सडक खण्डअन्तर्गत चितवनको गाईघाट क्षेत्रमा सात वटा गाडीहरु एक आपसमा ठोक्किएका छन् । आज बिहान साढे ७ बजेतिर ट्रकले यात्रुबाहक बसलाई ठक्कर दिएपछि बसको पछाडि रहेका अरू गाडी पनि ठोक्किन पुगेका हुन् ।
सवारी दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइते मध्य चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि चितवनको भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बसका चालकको चेपिएको अवस्थामा उद्धार भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
ट्रक र गाडीको अगाडिको भागमा क्षति पुगेको छ भने अन्य गाडीहरूमा सामान्य क्षति भएको प्रहरीले बताएको छ ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE