तिहारमा मौसम सामान्यतया सफा रहने
काठमाडौं । तिहारमा मौसम सामान्यतया सफा रहने भएको छ ।
आज देखि तिहारसम्म देशका पहाडी भागका एक÷दुई ठाँउमा छिटपुट पानी पर्न सक्ने र उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले भोलि लक्ष्मीपूजाका दिन देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक÷दुई ठाँउमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।
यसैगरी भाइटिकाको दिनसम्म नै सबै प्रदेशका पहाडी भ–ूभागका एक÷दुई ठाँउमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई ठाँउमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE