शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छः मन्त्री पुन

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका छन् । मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन ।

उनले विश्वविद्यालयलाई राम्रो बनाउनको लागि राजनितिकरण निर्मूल पार्नुपर्ने बताए । त्यसको लागि शुरुवातमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउनुपर्ने उनको भनाई छ । उनले बोर्ड अफ ट्रष्टी गठन गरेर विश्वविद्यालयको कुलपति छान्ने व्यवस्था गर्न आवश्यक रहेको बताए ।

त्यसको लागि कानून संशोधन गर्नुपर्ने उनले बताए । तर हाल कानून संसोधन गर्न नसकिने र अध्यादेश पनि ल्याउन नमिल्ने उनको भनाई छ । यद्यपि विश्वविद्यालय सुधारको लागि केही मस्यौदाहरु तयार गरिरहेको उनले जानकारी दिए ।

उनले भने ‘विश्वविद्यालयहरुलाई राम्रो बनाउने हो भने राजनीतिकरण हुनुहुँदैन । राजनीतिकरण निर्मूल नै पार्नुपर्छ भन्ने अधिकांश भिसीहरुको सुझावअनुसार अब विश्वविद्यालयमा राजनीति कसरी हटाउने भन्ने कुरो यो उच्च शिक्षामा यसको मस्यौदा बनाउने र त्यो विल चाहीँ अहिले पास गर्न सकिँदैन ।

राजनीतिकरण हटाउनको लागी शुरु चाहीँ कहाँबाट गर्नुपर्छ भने जुन विश्वविद्यालयहरुको कुलपति छ, त्यो कुलपति अहिलेसम्म प्रधानमन्त्री हुने चलन छ । विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नरहने र निष्पक्ष तरिकाले एउटा बोर्ड अफ ट्रष्टी गठन गरेर बोर्ड अफ ट्रष्टीले निष्पक्ष रुपमा कुलपतिहरुको चयन गर्ने भन्ने किसिमको एउटा व्यवस्था गर्ने भन्ने कुराहरु छ ।

त्यसको लागी कानुन नै संसोधन गर्नुपर्ने हुन्छ, अहिले कानुन संसोधन गर्न सकिदैन । अध्यादेश ल्याउन पाइँदैन । त्यही पनि त्यो कार्यक्रमलाई अगाडी बढाउने भन्ने कुरा विश्वविद्यालयमा छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x