गुल्मीको फ्युचर स्टार युवा क्लवले मनायो १३ औं वार्षिकोत्सव

गुल्मीको धुर्कोट गाउँपालिका २ पिपलधारामा रहेको फ्युचर स्टार युवा क्लवले १३ औं वार्षिकोत्सव तथा चौथो अधिबेशन सम्पन्न गरेको छ । दिवापलीको अवसरमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम मनाएको हो ।
जसमा पुरुष र महिला भलिवल प्रयोगिता गरेको थियो । कार्तिक ३ र ४ गते आयोजना गरिएको प्रतियोगितामा विभिन्न साविक वडाहरुले भाग लिएका थिए । जसमा पुरुषतर्फ साबिक वडा ९ ले प्रथम भएर उपाधि जितेको छ । साबिक वडा ८ दोस्रो र साबिक वडा ७ तेस्रो स्थान हासिल गरेका थिए ।
महिलातर्फ रोयल धनमुढा हाडहाडेले उपाधि जितेको हो । दोस्रो भगवती युवा क्लब हाडहाडे र तेस्रो परिबर्तनशिल युवा क्लब हाडहाडे भएका थिए । उनीहरुलाई पुरस्कार र मेडल वितरण गरिएको अध्यक्ष अमिर खड्काले जानकारी दिए । वार्षिकोत्सव तथा चौथो अधिबेशनमा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE