गगन–विश्वको परिपत्रः मतदाता नामावलीमा सूचीकृत हुने अभियानमा क्रियाशील हुनू
काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मतदाता नामावली सूचीकरण गर्ने कार्यमा ध्यानकेन्द्रित गर्न मातहतका पार्टी संरचनालाई परिपत्र गरेका छन् । निर्वाचन आयोगले ३० कात्तिकसम्मको लागि नयाँ मतदाताका लागि दर्ता गर्न समयावधि तोकेको छ ।
दुई महामन्त्री थापा र शर्माले छठ लगत्तै नयाँ मतदाता दर्ता गर्ने काममा लाग्न प्रदेशदेखि वडा तहसम्मका संरचनालाई परिपत्र गरेका हुन् । छठ लगत्तै सबै तहले बैठक गरेर ध्यान मतदाता दर्ता अभियानमा केन्द्रित गर्न भनिएको छ । जिल्ला समितिको बैठक गरेर सबै क्षेत्रमा टिम परिचालन गर्न समेत भनिएको छ ।
मतदाता सूचीमा नाम दर्ता गर्ने कार्यमा परिचालन हुनका लागि उपल्लो तहले तल्लो तहसँग समन्वय गर्न भनिएको छ । उमेर पुगेका युवाहरुलाई मतदाता नामावलीमा नाम दर्ता गर्न जान लागि प्रेरित गर्न परिपत्रमा उल्लेख गरिएको छ । नामावली सूचीकृत गर्नका लागि युवा उमेर समूहसँग छलफल गर्न र युवा उमेर समूहबाट खटाउने गरी दर्तामा सहजीकरण गर्न ‘मतदाता दर्ता समूह’ गठन गर्न सुझाव दिइएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE