अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्ने ७५ जना पक्राउ
काठमाडौं । अनुमतिविना माइतीघरमा प्रदर्शन गर्न पुगेकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार माइतीघरमा पुगेकाहरूलाई प्रहरीले प्रदर्शन गर्नबाट रोक्दै नियन्त्रणमा लिएको हो । यसअघि, माइतीघर विभिन्न जेनजी समूह तथा अन्य समूहले दिनहुँजसो प्रदर्शन गर्दै आइरहेका थिए ।
सरकारलाई दबाब दिने उद्देश्यले उनीहरूले प्रदर्शन जारी राखेको बताउँदै आएका छन् । अनुमति नलिई नै प्रदर्शनमा आउनेहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । हालसम्म नियन्त्रणमा लिइएकाहरूको संख्या ७५ जना पुगेको छ ।
स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आन्दोलनमा पुगेकाहरुले भने प्रहरी प्रशासनले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक नभएको बताएका थिए । जेनजी युनाइटेडका सदस्यहरु रहेको बताईएको छ । उनीहरु प्रशासनबाट अनुमति नलिइ त्यहाँ पुगेका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE