प्रधानमन्त्री सुशीला कार्कीद्धारा आज मन्त्रिपरिषद् विस्तार गर्दै
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन । आज नियुक्त गर्न लागेकी ४ नयाँ मन्त्रीहरु शपथ साढे २ बजे हुने भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरुको शपथको तयारी भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । आज थपिने मन्त्रीहरुमध्ये गणपति लाल श्रेष्ठको मन्त्रालय फेरिएको छ । उनलाई यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने तयारी भएको थियो ।
उनलाई भूमि व्यवस्था तथा सहकारीमन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । पर्यटनमन्त्रालयको जिम्मेवारी हालसम्म कसैलाई दिइएको छैन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा पूर्वसचिव डा सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन् । प्रधानमन्त्री कार्कीले ४ जना मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाएकी छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE