आइतवार, कार्तिक १०, २०८२
Sunday, October 26, 2025

रोकियो खगेन्द्र सुनारसँगै गणपतिलालको पनि शपथ

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

काठमाडौं । चौतर्फी आलोचना श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट काटिएको छ ।

सुनारलाई अहिले तत्काल मन्त्री नबनाउने निर्णयमा प्रधानमन्त्री सुशीला कार्की पुगेकी हुन । प्रधानमन्त्री कार्कीले सुनारसहित अन्य तीन जनालाई मन्त्री बनाउन सिफारिस गरेकी थिइन । तर, सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएका र उनी प्रहरीको फरार सूचीमा रहेको देखिएको थियो ।

सुनारविरुद्ध सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको थियो । विवादित छवि भएका सुनारलाई मन्त्री बनाउँदा हुनसक्ने सम्भावित समस्यालाई ध्यानमा राख्दै उनको नाम काटिएको बताइएको छ । दैलेखको नारायण नगरपालिका–२ भैसेखोर घर भएका सुनार विरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको भेटिएपछि सञ्चारमाध्यमहरूमा समाचार आएका थिए ।

स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात गरेका कसुरमा प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले उनीलाई समेत प्रतिवादी बनाएर दायर गरेको मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथ नहुने भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x